काठमाडौँ । जेन जेड आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थान हद खोल्ने गरी तयारी अघि बढाइएको हो ।
आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।
त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरवारमा लेखकसँग बयान गरेको थियो । आयोगले लेखकको बयान सकिएको जानकारी दिएको छ । बयानका काम सकिएसँगै लेखकको स्थान हद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।