काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद्को आगामी कार्यभार तथा चालु अधिवेशनमा विचाराधीन विभिन्न विधेयकका विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
भेटका क्रममा समग्र संसदीय अभ्यासलाई प्रभावकारी बनाउने, संसद्लाई थप जनउत्तरदायी बनाउने तथा मुलुकका जल्दाबल्दा समस्याको समाधान संसदीय प्रक्रियामार्फत खोज्ने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।