मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा रहेका प्रयोगशालामा ७ हजार ६ सय ८७ जनाको नमूना परिक्षण गर्दा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको बताए ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका २ जना र सुनसरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सुनसरीका ३ जना र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा धनुषाका एकजना, इलामका २ जना झापाका ४ जना, मोरङका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२ जना, महोत्तरीका १५ जना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एकजना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका एकजना,रौतहटका ६ जना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, मोरङका एकजना, नुवाकोटका २ जना, स्याङ्जाका एकजना, तनहुँका १ जना र रुकुम पश्चिमका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना र चितवनका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका २ जना, ललितपुरका एकजना र रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा बाराका एकजना र भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, लमजुङका एकजना, पर्वतका एकजना र स्याङ्जाका ३ जनामा पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना र सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ११ जना र कैलालीका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।