आइतबार (आज) २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको नमूना परिक्षण गर्दा २ सय ४६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।
त्यस्तै वितेको २४ घन्टामा १ सय ११ जना संक्रमितहरु निको भएर फर्केका छन् । अहिलेसम्म १४ हजार ६ सय ३ जनाले कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।
आइतबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ७ सय २९ पुगेको छ।
त्यस्तै १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ योसँगै ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।
देशभर ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भैसकेको पनि प्रवक्ता गौतमले जानकारी दिए।