काठमाडौँ। अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ ।
यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२ : २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको कारोबार भएको छ ।