मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कायम भएको छ।
सोमबार ९२ हजार ३ सयमा कारोबार भएको सुन आज सय रुपैयाँले घटेको हो।
अन्तर्राष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्टिय बजारमै सुनको मूल्य घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढी हो।
सुनको मुल्य बढेतापनि बजारमा सुनको कारोबार भने छैन । लकडाउनको कारणले गर्दा मानिसहरुले हात मुख जोर्न समस्या भैरहेको कारणले बजारमा सुनको विक्रि लगभग ठप्प भएको हो ।
सुन किन्न भन्दा पनि सुन बेच्नको लागि मानिसहरु बजार पुग्न थालेको न्यूरोडका एक सुनव्यवसायीले केटीएम दैनिकलाई बताए ।