काठमाडौँ । बाराको सिमरामा जेन जेड युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ।
कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेन जेड युवाले प्रदर्शन स्थगित गरेका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेन जेडबीच शुक्रबार वार्ता हुनेछ।
आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेन जेड युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेन जेड घाइते भएका छन्।
प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ।