काठमाडौं । अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौं आइपुगेका हुन्।
अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ । यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन्।
हिजो काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले बताए।
अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ ।