नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
उनका पिता ईश्वरीप्रसाद भण्डारीको ८७ वर्षको उमेर आफ्नै निवास बुटवलमा निधन भएको हो ।
केहि समय देखि दम र पिसाव सम्बन्धी समस्या देखिदै आएको मंगलबार बिहान १ बजे निधन भएको हो ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार शवलाई आजै गुल्मी पुर्याएर अन्त्येष्टी गरिने छ । गुल्मी, पाल्पा र स्वाङजाको संगम स्थल रिडीमा दिउसो २ बजे अन्त्येष्टी गरिने भएको छ ।
ईश्वरीप्रसाद भण्डारीका दुई श्रीमती हरिकला र हरिकला भण्डारी, पॉच छोराहरू मिन भण्डारी, डा. चन्द्र भण्डारी, देवि भण्डारी, हरिहर भण्डारी, सह प्राडा शंकर भण्डारी र एक छोरी लक्ष्मी भण्डारी छन् ।