नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।
सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।
क्यानका अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको बताए ।
केटिएम दैनिकसँगको टेलिफन सम्पर्कमा उनले भने, ‘भोलि बिहानसम्म सन्दीपको विषयमा हामीले निर्णय गर्नेछौँ, सन्दीपमाथि लागेको यो आरोपले नेपाली क्रिकेटलाई ठूलो क्षति पुगेको छ । क्यानले पनि यस विषयलाई गम्भीर रूपमा हेरेको छ ।’