सार्वजनिक यातायातमा लागुऔषध बोकेर हिँडेका दुई युवा पोखराबाट पक्राउ परेका छन् ।
पोखरास्थित अम्मरसिंह चोकमा सवारी साधन चेकजाँच गर्ने यात्रुबाहक बसमा रहेका दुई युवाको साथबाट आइतबार (हिजो) लागुऔषध बरामद भएको प्रहरी निरिक्षक सुबास अधिकारीले बताए ।
अधिकारीका अनुसार म्याग्दी धौलागिरी गाउँपालिका-१ बस्ने वर्ष ३१ को नगेन्द्र थापा र बेनी नगरपालिका-७ बस्ने वर्ष २१ को सुरेश घर्ति मगरको साथबाट लागुऔषध बरामद गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट लागू औषध डाईजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद गरिएको छ ।
पक्राउ परेका दुवै युवामाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।