काठमाडौं । बाजेको सेकुवा समूहले काठमाडौंमा लकडाउनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निःशुल्क खानपिनको व्यवस्था गर्ने भएको छ । आज एक सूचना जारी गर्दै उक्त समूहले कोरोना भाइरस भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले लगाएको देशव्यापी लकडाउनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सम्मानस्वरुप प्रशासनसँगको समन्वयमा खाना खुवाउने व्यवस्था गरेको जनाएको छ ।