राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विभिन्न पदमा छ जनालाई चयन गरेका छन् । अध्यक्ष थापाले उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्री र सहायक प्रवक्ता पदमा चयन गरेका हुन् ।
उपाध्यक्षमामा दिलनाथ गिरी (संखुवासभा) र श्यामप्रसाद तिमिल्सिना (ललितपुर) चयन भएका छन् भने महामन्त्रीमा केशवराज श्रेष्ठ (काठमाण्डौं) लाई चयन गरेका हुन् ।
त्यस्तैगरी सहायक महामन्त्रीमा रामसुन्दर बिष्ट (भक्तपुर) र दिनेशचन्द्र गुप्ता (कपिलबस्तु) लाई जिम्मेवारी दिइएको छ भने सिहायक प्रवक्तामा सस्मिता सुवेदी (काठमाण्डौ) लाई जिम्मेबारी दिइएको पार्टीको प्रचार विभाग प्रमुख तथा प्रबक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।