कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) थप ४४ जनामा पोजिटिभ देखिएको छ ।
यससँगै कपिलवस्तुमा संक्रमितको कुल संख्या ४ सय ७५ पुगेको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर- ९ का वर्ष १८ र २० का २ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी वडा नम्बर १० का १६ वर्षदेखि ४८ वर्ष उमेर समूहका १३ पुरुषमा पनि भाइरस पोजेटिभ देखिएको छ ।
यस्तै यशोधरा गाउँपालिका वडा नम्बर ७ का एक ८ महिने शिशुमा पनि कोरोना पोजेटिभ देखिएको छ । सोही वडाका १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका २८ पुरूषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।