इन्धनको मूल्य बढेसँगै नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडामा बढाएको छ ।
बुधबार संघले एक सूचना जारी गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरिएको बताएको हो । बढेको भाडा बिहीबारदेखि लागू हुने संघले जनाएको छ।
सार्वजनिक सवारी साधनको भाडा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको यातायात व्यवस्था विभागले तय गर्ने भएतापनि हवाई भाडा भने वायूसेवा सञ्चालक संघले आफै निर्धारण गर्ने गरेको छ । वायूसेवा सञ्चालक संघ भनेको यातायात व्यवसायी संघजस्तै संस्था हो ।
भाडा वृद्धि भएसँगै काठमाडौंदेखि धनगढी जान १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ। २२० रुपैयाँले सो रुटको भाडा बढेको हो। यस्तै काठमाडौं–सुर्खेतको भाडा १७० रुपैयाँले वृद्धि भएर १४ हजार ९९५ पुगेको छ।