आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ।यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ७३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ५८ पैसा र बिक्री दर १५४ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।