लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।
‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम प्रस्तावित व्यवस्थाको कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसंग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ । ‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् ।
यसको समाधान कसरी हुन्छ राज्यले त्यसको व्यवस्था के गर्न सक्छ ’ नेता झा को सरकारलाई प्रश्न छ ।