सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको अचाक्ली मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा झडप भएको छ ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको भारी मुल्य वृद्धिको बिरोधमा गरिएको मसाल जुलुसमा प्रहरीको गाडीसमेत तोडफोड भएको हो ।
अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको नेतृत्वमा निस्किएको बिद्यार्थीको बिरोध जुलुसले प्रधानमन्त्री शेर बहादुर देउवा र आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु को पुत्ला समेत जलाएका छन् ।
प्रदर्शनकारीले तिनधारा पाठशाला- घन्टाघर सडक केही बेर अबरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
मसाल जुलुसलाइ प्रहरीले नियन्त्रण लिने क्रममा बिद्यार्थीमाथी लाठीचार्ज भएपछि दोहोर झडप भएको हो ।
झडपमा बिद्यार्थीहरुले ट्राफिक प्रहरी को भ्यान तोडफोड गरेका छन् । लाठीचार्ज बाट केही बिद्यार्थी समेत घाइते भएको अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बताइन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
थप तस्विरहरू