
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेकोएउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेकाघटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाईपुन: नदोहोर्याउनका निम्ति हो।
सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीनचीनको भ्रष्ट छीङ् राजवंशको शासनका कारण चिनियाँ जनतालेअति ठुलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहीँ देखि चिनियाँइतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको थियो। त्योअन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानीसेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो।
सन् १८९४ माजापानी प्रतिगामीहरुले आक्रमण गरी चीनको थाइवान् र फङ् हद्वीपसमूह माथि कब्जा जमायो ; १९०० मा अरुविदेशीआक्रमणकारीहरु सँगै पेइचिङ्ग मा आक्रमण गरे ; १९०४ मा जापानरुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भूभाग माथि अतिक्रमण गर्यो ; १९१४ मा छीङ्ग ताओ शहरमा आक्रमण गरी कब्जा जमायो ; १९१५मा चीनको अधिकार हनन हुने ” एक्काइस दाबी ” प्रस्तुत गर्यो ; १९३१ मा चिनियाँ सेना र जापानी सेना बिच द्वन्द हुने ” सेप्टेम्बेर १८ ” घटना घटाएर चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरी कब्जाजमायो ; १९३५ मा मध्य उत्तर चीन घटना र १९३७ जुलाई ७ मा युयान् फीङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुल माथिआक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्यो।
त्यसवेला उनीहरुले पुरै चीनलाई उपनिवेश बनाई त्यसपछि सम्पूर्णएसियालाई नियन्त्रनमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए। यी शृङ्खलाबद्ध असभ्य जङ्गली कार्यहरुले गर्दा चिनियाँ जनतामाथि अभूतपुर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामाप्रतिरोधको अदम्य सारस पनि जगायो।
देश र जाति जीवन मरणकोदोसाँधमा पुगेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नोअसाधारण नेतृत्व र सहि रणनीति एवं रणकौशल द्वारा जापानीआक्रमण विरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँप्रतिरोधयुघ लाई दिशा निर्देश गर्यो। सम्झौता , विभाजन रयुद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध , एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँजातिको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो।
त्यसबेला सोभियत सङ्घ , अमेरिका , कोरिया , भियतनाम , क्यानाडा , भारत , न्युजिल्याण्ड , पोल्याण्ड , डेनमार्क , अष्ट्रिया , रोमानिया , बुल्गेरिया आदि देशका फासिस्ट विरोधी योद्धाहरुले पनिचीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रुपमा सम्मिलित भएर चीनलाई अति बहुमुल्य समर्थन र सहयोग दिएका थिए। त्यसबखत नेपाली विरहरु पनि युरोप , उत्तर अफ्रिका र दक्षिणपूर्वीएसियाका युद्धस्थलहरुमा सहयोगी सेनाहरु सँग मिलेर फासिस्टशक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए। केही दिन अघिमात्र मैले नेपाल स्थित ब्रिटिश राजदुतावासले जापानी सेनालेसहयोगी सेना समक्ष आत्मसमर्पण गरेपछि जपन माथि विजय प्राप्तगरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेसौभाग्य पाएको थिएँ।
पोखरा ब्रिटिश गोर्खाली सेनाले परेडको पनिआयोजना गरेको थियो। दोस्रो विश्व युद्धको समयमा ब्रिटिशसेनामा नेपाली गोर्खाली सेनाले बर्मा युद्धस्थलमा चिनियाँ सेना सँगएक साथ मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्तमहत्त्वपूर्ण योगदान पुर्याएको कुरा सुनेर म अति प्रभावित भएको छु। यो सत्यवाद र विश्वशान्तिका निम्ति नेपालले पुर्याएको अद्वितीययोगदान हो , साथै चिनियाँ र नेपाली जनताले आलो रगतकोमाध्यमबाट गाँसको अनमोल मैत्री पनि हो।
धेरै वर्षको रक्तपातपुर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वकाजनता सँगै चिनियाँ जनताले फासिष्हटरुलाई पूर्णरुपले परास्त परे , जापानी सैन्यवादी आक्रमणकारीहरु लाई पूर्णरुपले पराजित गरे। चिनियाँ जनताको जापानी आक्रमणविरुद्ध को युद्ध र विश्वकाजनताको फासिष्टहरु विरुद्धको युद्धमा महान् विजय प्राप्त भयो। अन्तत : अन्धकार माथि उज्यालोको , प्रतिगमन माथि प्रगतिको विजय भयो।
आफ्नो लाश बाट “ग्रेट वाल ” निर्माण गर्न पनि पछिनपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो। यो कहालीलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध युद्धकोमहान् इतिहासले हामीलाई के सन्देश दिएको छ ?
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेकोसङ्घर्षको स्पिरिट हो जापानी आक्रमण विरुद्धको युद्धको क्रममाचिनियाँ जनतामा महान् प्रतिरोध युद्धको स्पिरिटको विकास भयो। चिनियाँ जनताले विश्व समक्ष देशको उन्नति वा पतनमासर्वसाधारण जनताको पनि जिम्मेदारी रहेको हुन्छभन्ने राष्ट्रवाद , मरणलाई आफ्नो अन्तिम गन्तब्य सम्झेर मर्न परे पनि आत्मसमर्पणनगर्ने जातीय स्वाभिमान , अत्याचार सँग नडराई अन्तिम घडीसम्मयुद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने जति दुख सहनु परेपनि नछोड्ने विजय प्रतिको आत्मविश्वास प्रस्तुत गरे।
फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनतासवै जुक्ति सोचे , तर कहिले पनि आत्मा समर्पण गर्ने सोचेनन्।दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ – आक्रमणमापरेकाहरुले आत्म समर्पण गरेपनि आक्रमणकरीहरुले नरसंहार गर्नसक्दैनन् , युद्धका निम्ति साहस गर्नु , युद्धकौशलमा निपुण हुनु नैकुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनी चमत्कारिक रुपमा सफलहुनुको एकमात्र उपाय हो।
देश धनि जनता बलियो हुनु नै देशको सुरक्षको भौतिक आधार हो। राष्ट्रपति सी चिन् फीङ्गले भन्नु भएको छ , ” पछाडि पर्नेहरुलेपिटाइ खान्छन् , विकास गरेर मात्र बलियो हुन सकिन्छ। ” फासिष्टयुद्धवादले विना हिच्किचाहत छिमेकी देशहरुमा आक्रमण गर्ने साहसगर्नु तिनीहरुको आर्थिक अवस्था र सैन्यबल अरुको भन्दा सुदृढ भएरनै हो।
आज सम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रियराजनीतिमा स्थान र शक्तिको आधारमा अरु देशहरु सँग व्यापारगर्नु पर्ने कुराको प्रचार गरेको पाइन्छ , यसवाट ” युद्धको भूत ” अझैपनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ।
चिनियाँ जातिलेइतिहासको यस अन्धकार पृष्ठवाट राष्ट्रिय शक्तिको विकासकोमहत्त्ववारे गहन रुपले बुझेको छ। आज चीन कुनै पनि प्रकारकोबाह्य दवावको प्रतिकार गर्ने सामर्थ्य राख्दछ। चीनका हरेकोपुस्ताले मेहनत गरी विशाल उपलब्धि हासिल गरी आफ्नोआत्मविश्वास प्रकट गरेका छन्।
मैले वारम्वार भन्ने गरेको छु , नेपालले अहिले सामना गरिरहेका विकास सम्बन्धि हरेकसमस्याको चिनियाँ शैलीको समाधान रहेको छ , चीन र नेपालकोविकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसर माआत्मविश्वास युक्त हुनसक्नेछ।
साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो। १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नान् चिङ्गमा आक्रमण गरी ६ हप्ता भन्दा लामो अवधिसम्म आगजनी , बलात्कार , लुटपाट नरसंहार आदि अत्याचार गरे , त्यसमा परेरकम्तिमा ३ लाख जनाको ज्यान गयो।
हालै चीनमा नान् चिङ्ग मानरसंहारको दुखद इतिहासलाई पृष्ठभूमि बनाई निर्माण गरिएकोऐतिहासिक चलचित्र ” नान् चिङ्ग फोटो स्टुडियो ” प्रदर्शनभइरहेको उक्त चलचित्र हेरिसकेपछि दुख र रिस साहन नसकी धेरैदर्शकहरुले आँसु बगाए। यस प्रकारको पीडाले मानिसहरुलाईसास फेर्न समेत गाह्रो भएको अनुभव गराउँदछ।
चिनियाँ जातिलेजापानी आक्रमणको दुख सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिकोमहत्त्वपूर्ण छ , समानताको आधारमा अरुको सम्मान गर्नु कत्तिकोमहत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ। चीनले आफुले भोगिसकेकोयुद्धको आघात कदापि अरु कुनै देश माथि लाद्ने छैन , कहिले पनिआफ्नो वर्चस्व स्थापना गर्ने छैन , विस्तारवादी नीति अपनाउने छैन , प्रभवक्षेत्र बनाउन खोज्ने छैन।
चिनियाँ शैलोको आधुनिकरण भनेकोशान्तिपूर्ण विकासको सत्यवादी पथ हो ; उपनिवेश बनाएर लुट्नेपुरानो तरिका र देश शक्तिशाली बने पछि प्रभुत्ववादी अवश्य बन्नेछ भन्ने गलत सोचाइवाट यो पूर्णरुपले मुक्त्त छ , यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रणा हो। हामी नेपाल लगायत विश्वका सम्पूर्णदेशहरु सँग संयुक्त रुपमा मानवजातिको साझा भविष्यको समष्टिनिर्माण गर्न चाहन्छौँ , विश्वमा साँच्चैको शान्ति , विकास रस्तरोन्नति ल्याउन चाहन्छौँ।
फ्रेन्च इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ” इतिहासकाबाह्र पाठ ” मा एक विचारणीय कुरा लेखेका छन् , ” इतिहासकाअध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाईबढाउनका निम्ति होइन , त्यो त विगतमा के घटना घटे र के कारणलेघटे , त्यसवारे बुझ्नका निम्ति हो। ” इतिहासलाई बिर्सनेले अवस्यपनि पहिले कै गल्ति दोहोर्याउने छ ; इतिहासलाई वास्ता नगर्नेपुस्ताको विगत पनि हुने छैन र भविष्य पनि।
यस वर्ष हामीलेचिनियाँ जनताको जापानी आक्रमण विरुद्ध को युद्ध विजय र विश्वफासिष्ट विरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सब धुमधामका साथमनाउदै छौँ। यसबाट हाम्रो शान्ति प्रतिको तिव्र इच्छा प्रकट भएकोछ। हामी विश्व भरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य मान्यताकोनिर्माणका निम्ति सहयोग गर्ने छौँ , यो अवश्य पनि एक पवित्र एवंमहान् कार्य हो।
हामीलाई विश्वास छ , हाम्रा युवा प्रतिभाहरुलेअवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रुपमामानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडिबढी युगले दिएको जिम्मा र मिशन पूरा गर्न सक्ने छन्।