निकै चासोका साथ हेरिएको भरतपुर महानगरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मत १३ हजार नजिक पुगेको छ ।
पछिल्लो मतपरिणाम अनुसार भूईँकटहर चुनाव चिह्न पाएका पौडेलको मत १२ हजार ८१५ छ ।
सत्ता गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । यो समाचार तयार पार्दासम्म उनले नेकपा एमालेका विजय सुवेदी भन्दा आठ हजार ७८२ मतले अघि छन् ।
दाहालले ३९ हजार ४७२ मत पाउँदा निकटतम् प्रतिस्पर्धी एमालेका सुवेदीले ३० हजार ६९० मत पाएका छन् ।
उपमेयरमा पनि गठबन्धनकै चित्रसेन अधिकारी अगाडि छन् । नेपाली कांग्रेसका अधिकारीले ४१ हजार ७१५ मत पाउँदा एमालेको समर्थनमा चुनावमा सहभागी भएकी राप्रपाकी हिमला गुरुङले २४ हजार २९५ मत पाएकी छन् । अधिकारी गुरुङभन्दा १७ हजार ४२० मतले अगाडि छन् ।