रसुवाको आमाछोदिङमो गाउँपालिका-१ को मतपरिणाम सार्वजनिक भएको छ।
सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। एमालेका साङलामा तामाङ २ सय ९० मत ल्याएर विजयी भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पासाङदे तामाङले २ सय ४८ मत ल्याउँद नेपाली कांग्रेसका देवि तामाङले २ सय ४१ मत ल्याए।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले ३ स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख पदमा जित हाँसिल गरिसकेको छ भने ३८ स्थानका प्रमुख पदमा अग्रता लिँदा २८ स्थानमा उपप्रमुख पदमा अग्रता लिइरहेको छ ।