ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार ७०७ वटा सवारी साधनलाई साँझ परेपछि छाडिएको छ ।
बिना पास चलाइएका उक्त सवारी साधनलाई सम्झाइ बुझाइ गरी छाडिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि छाडिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए ।
बेलुका देखि सवारी सञ्चालन
स्थानीय तहको निर्वाचनका कारण बिहानै देखी रोकिएका सवारी साधन संचालनमा आएका छन् ।
सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि आज दिनभर रोक लगाइएका सवारी साधन मतदान कार्य सम्पन्न भए पश्चात् संचालनमा आएका हुन् ।
प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाइभर्सन गरिको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पध्मोदय मोड र सभागृह मोडबाट डाइभर्सन गरिएको हो ।