सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको भाउ भने स्थिर नै छ ।
सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेकाे छ ।