बलिउड अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्।
भारतीय सञ्चार माध्यमका अनुसार उनले मंगलबार छोरालाई जन्म दिएकी हुन्।
सन् २०२० को अक्टुबरमा ३६ वर्षकी काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन्।
दक्षिण भारती चलचित्र हुँदै उनी बलिउडमा प्रवेश गरेकी हुन्। उनले ‘सिङ्घम’ चलचित्रमार्फत् बलिउड डेब्यू गरेकी थिइन्।