अभिनेत्री काजल अग्रवाल छिट्टै आमा बन्दैछिन् । उनी आफ्नो गर्भावस्थाको भरपुर रमाइलो गरिरहेकी छन् ।
गर्भावस्थामा रमाइलो गरेको विभिन्न तस्बिर उनले सामाजिक संजालमा गर्भाअवस्थाका तस्विरहरू शेयर गर्दै आएकी छन् । काजलले गत ३० अक्टुबर २०२० मा गौतम किचलुसँग विवाह गरेकी हुन् । सन् २०२२ मा उनी पहिलो सन्तानको आमा बन्दैछिन् ।
फ्यानले उनले शेयर गरेको तस्बिर समेत रुचाएका छन् । अहिले काजलले केही तस्बिर सामाजिक संजालमार्फत बाहिर ल्याएकी छन् । तस्बिरमा काजल रातो स्लिक साडीमा देखिएकी छन् ।
गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ ।
लाइट मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् ।
यो लुक्समा काजल निकै राम्रो देखिएकी छन् । तस्बिरमा उनको ‘बेबी बम्प’ स्पष्टरुपमा देखिएको छ ।
साउथ चलचित्रमा सफल नायिकाको पहिचान बनाएकी काजलले बलिउड चलचित्र ‘सिंघम’मा काम गरेपछि चर्चा पाएकी थिइन् । उनको सुन्दरताको चर्चा पनि खुबै हुने गर्दछ ।
उनी गएको १६ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । ‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् ।
१९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।
काजलको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘मगधीरा’ हो । यो फिल्मको सफलताले उनलाई साउथ इन्डस्ट्रीमा सुपरस्टारको लाइनमा उभ्याएको थियो ।