सरकारले सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १५ प्रतिशतसम्म बढाएको हो ।
तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले मन्त्री स्तरीय निर्णयबाट यात्रुवाहक सवारीमा १० प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १३ प्रतिशत साथै तराइको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १५ प्रतिशतका दरले वृद्धि गरेको हो ।
नयाँ भाडादर सार्वजनिक भएसँगै काठमाडौंबाट बाजुरा जानको लागि यात्रुले २ हजार ८४० रुपैयाँ तिर्नुपर्छ भने बझाङ्ग जानको लागि दुई हजार ८२५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसअगाडी काठमाडौं देखि बाजुराको भाडादर २ हजार ५८२ थियो ।
रुस-युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ ।
यस्तो छ नयाँ सूची