मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेकै बेला नेपाल कांग्रेसका एक केन्द्रीय सदस्यले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषय उठेको हो । बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग्नु पर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने स्नेहीले बताए ।
अर्थतन्त्र सुधारमा आवश्यक पहल कदमी नलिएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न केन्द्रीय सदस्य स्नेहीले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए।