
काठमाडौँ, – नव विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा काठमाडौँको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष, सञ्चालक समति, कर्मचारी, बचतकर्ता सदस्य तथा स्थानीय बासिन्दा सहित करिब सय जनाको सहभागतिा रहेको थियो। सहभागीहरूले दरबार क्षेत्र, सडक, चोक तथा वरपरका नाला–खोला सफा गरी बसन्तपुर क्षेत्रलाई सफा र आकर्षक बनाउन योगदान गरेका छन्।
अध्यक्ष राधिका काप्रीले कार्यक्रममा सम्बोधन गर्दै स्थापना दिवसलाई केवल औपचारिकतामा मात्र सीमीत नराखी समाजसेवामूलक गतविधि मार्फत अर्थपूर्ण बनाउन खोजीएको उल्लेख गरिन ।
उनले बसन्तपुर नेपालको सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण र सरसफाईमा सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिइन।
सहकारीले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सरसफाई तथा सामाजकि चेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।