नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि रिजालले उक्त कुरा बताएका हुन् ।
उनले यसबाट यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको समेत बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिजालले लेखेका छन् । “स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।”