महिन्द्रा एन्ड महिन्द्रा अटोमोबाइल्स नेपालकी ग्राहक सेवा प्रबर्धक शकुन्तला नायक भारतमा हुने एसिया अवार्डका लागि छनौट भएकी छन् ।
भारतको चेन्नईमा यही महिनामा हुन लागेको अवार्ड वितरण कार्यक्रममा उनलाई ‘एसियाज कस्टमर सर्भिस एक्सक्युटिभ अवार्ड २०२०–२१’ प्रदान गर्न लागिएको हो । व्यावसायीक क्षेत्रमा काम गरेका विश्वभरीका व्यक्तिहरू मध्येबाट अवार्डका लागि छनौट गरिँदै आएको छ। यसमा नायक पर्न सफल भएकी हुन्। भारतको चेन्नईमा फेब्रुअरी २०२१ मा हुन गइरहेको अवार्डमा २० देशका व्यक्तित्वहरू छनौट भएका छन्।
नायकका अनुसार ग्राहक सेवा क्षेत्रको यो उत्कृष्ट अवार्ड हो । उक्त अवार्डका लागि नेपालसहित २० देशबाट प्रतिस्पर्धीहरु छनौट भएको पनि उनले बताएकी छन् । रुला अवार्डले उक्त कार्यक्रम गर्न लागेको हो । नायक पुरस्कृत हुन लागेकोमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनी, नेपालले उनलाई बधाई पनि दिएको छ ।
सामाजिक अभियन्ताको रुपमा समेत चिनिएकी उनी बायोटेक्नोलोजीकी विद्यार्थी पनि हुन् । नायक जनकपुरको सबैला गाउँपालिकाकी स्थायी निवासी हुन् ।