काठमाडौँ । कतारमा आयोजित एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली टोली बुधबार राति नेपाल आइपुगेको हो।
प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो। जसमा दुई खेलमा पराजित भएको नेपालले एक खेलमा जित हासिल गरेको थियो।
नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो भने युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराएको थियो।
एसिया कप राइजिङ स्टार्सको यात्रा पूरा गरेसँगै नेपाली टोली अब आईसीसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफको तयारीमा जुट्नेछ। उक्त प्रतियोगिता आगामी मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ।