काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार दिउँसो एक्कासि असिनासहित भारी वर्षा भएको छ। वर्षाले मुख्य सडक र तल्लो भेगमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ।
केही स्थानमा ढल निकास अवरुद्ध हुँदा सडक जलमग्न भएको हो। पानीको सतह बढेका सडकमा ट्राफिक प्रहरीले चालकलाई सतर्कता अपनाउन र गति नियन्त्रणमा राख्न आग्रह गरेको छ।