न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मा सहभागी हुने क्रममा आज न्यूयोर्कमा भएको भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे ।
दुवै मन्त्रीले नेपाल र भारतबीच रहँदै आएको निकट तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने आवश्यकतामा जोड दिएका थिए । साथै, पारस्परिक हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए ।