काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी ८१औँ महासभाका अवसरमा मंगलबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटका क्रममा दुवै पक्षले नेपाल र पोल्यान्डबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।