धादिङ। पृथ्वीराजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।
भदौ १० मा आएको बाढीले सडक क्षतिग्रस्त भएपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाएपछि सोमबार साँझदेखि दुवैतर्फ सवारी सञ्चालनमा आएको हो ।
लामो समयको अवरोधपछि सडक सुचारु भएसँगै पृथ्वीराजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई सहज भएको छ ।