काठमाडौँ । नेपाली सेनाले रसुवाका बाढी प्रभावित टिमुरे, स्याफ्रुबेँशी र मैलुङ क्षेत्रबाट थप २५७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार उद्धार गरिएका २५७ जनामध्ये ४० जना विदेशी नागरिक रहेका छन् । बाढीबाट सबैभन्दा बढी प्रभावित यी क्षेत्रमा सेनाले यसअघि पनि ४४९ जनाको उद्धार गरिसकेको थियो ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका करिब ४ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । सेनाले उद्धारसँगै आपत्कालीन उपचार तथा राहत सामग्री ढुवानीको कामसमेत जारी राखेको जनाएको छ ।