काठमाडौँ । भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा विभिन्न संस्थाले आफूखुसी आर्थिक सहयोग सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयका अनुसार कतिपय व्यक्ति तथा समूहले अनधिकृत क्युआर कोड र व्यक्तिगत बैंक खाता सार्वजनिक गर्दै बाढीपीडितका लागि भन्दै रकम उठाइरहेका छन्। यस्ता गतिविधिबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
विपद्का बेला प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगी नियन्त्रणका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक क्युआर कोड तथा बैंक खातामा मात्र आर्थिक सहयोग गर्न सचिवालयले अनुरोध गरेको छ।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सरकारका तर्फबाट आर्थिक सहयोगका लागि सञ्चालनमा रहेका आधिकारिक कोष तथा बैंक खाता विवरण यसप्रकार छन् :
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
हिमालयन बैंक लिमिटेड (डलर खाता): ०१९०५६३१२१००४६
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड: ०१०१३२४३८०१, ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक: ११३०१००००३७६२००१, ११३०१०००००००६०६
एभरेष्ट बैंक लिमिटेड: ००१००१०५२००२७०, ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड: ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड: ००४०१०१०००००५७, ००४११०१००००००५
नबिल बैंक लिमिटेड: १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड: ०१००२०१००२९०७०१४
त्यसैगरी प्रधानमन्त्री राहत कोषमा पनि सहयोग गर्न सकिने जनाइएको छ। राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ मा सहयोग रकम जम्मा गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।