काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तो भएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र चाँदी चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ र चाँदी चार हजार ३१० रुपैयाँ कायम रहेको थियो।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ६३ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।