केटीएम दैनिकमा प्रकाशित ‘लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो’ शीर्षकको समाचार प्राविधिक त्रुटिका कारण पुरानो सामग्री पुनः प्रकाशित भएको थियो ।
उक्त समाचारका कारण पाठकमा पर्न गएको भ्रमप्रति हामी क्षमायाचना गर्दछौँ। सम्बन्धित सामग्री हटाइसकिएको छ ।
भविष्यमा यस्ता त्रुटि पुनः नदोहोरिने सुनिश्चित गर्न सम्पादकीय तथा प्राविधिक प्रक्रियामा थप सावधानी अपनाइनेछ ।
— सम्पादकीय विभाग, केटीएम दैनिक