काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढीले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ७.१८ अंकले बढेर २७०९.२९ विन्दुमा पुगेको छ।
प्रि ओपन समयमा ७२ वटा स्टक्सको ६० हजार ६३३ कित्ता सेयर ३ करोड ६५ लाख १३ हजार ९०८ रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घटेको छ । बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।