काठमाडौँ । बुधवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ०.९८ अंकले बढेर २७७१.२५ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ४० वटा स्क्रिप्सको ४ हजार ५२५ कित्ता सेयर ६१ लाख ९६ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २१ वटा घटेको छ ।