काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल-जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा राजदूत भोल्जले जर्मनीका संघीय विदेश मन्त्री डा. योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेका छन् ।