काठमाडौं, १३ असोज । शुक्रबारदेखि आएको अविरल वर्षाको कारण बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरीका आइतबार दिउँसो १:०० बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै विपद्मा परी ८६ जना घाइते र तीन हजार २६६ भन्दा बढीको उद्धार गरिएको जनाएको छ ।
बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा ५/५ जनाको ज्यान गएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।