सिन्धुली, १६ भाद्र । चट्याङ लागेर सिन्धुलीमा एक जनाको निधन भएको छ ।
जिल्लाको मरिण गाउँपालिका-७ बाह्रविसे बस्ने अन्दाजी ६५ वर्षको चन्द्र बहादुर माझीको हिजो दिउँसो १:४० बजे निधन भएको हो ।
प्रहरीका अनुसार घरदेखि अन्दाजी एक किलोमिटर दक्षिणमा रहेको महेश्वता पुच्छार चौरीमा गोठालो गएका माझी चट्याङ लागेर घाइते भएका थिए ।
घाइते माझीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केशव कुमार कट्वालले बताए ।