
काठमाडौं । उप-प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रोस्ट्रेटको शल्यक्रिया पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भाद्र १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका खड्काको सोही दिन शल्यक्रिया गरिएको थियो ।
अस्पतालमा सहायक रथी प्राध्यापक डा. भरत बहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीद्वारा सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।
शल्यक्रिया गरेको ११ दिनसम्म अस्पतालमै रहेका खड्का आज डिस्चार्ज भएको वीरेन्द्र अस्पताल छाउनीका निमित्त प्रशासन रजिष्ट्रार महासेनानी अन्जन केशर खत्रीले बताए ।