
नुवाकोट । साउन २५ गते नुवाकोटको विदुरबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्यो ।
उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका-३१ बस्ने बर्ष ३९ को सुरेन्द्र तिमल्सिनाले चलाइरहेका थिए भने सोही स्थानमा बस्ने वर्ष ४६ को अनन्त किशोर सुवेदी मोटरसाइकलमा सवार थिए ।
तिमल्सिनाले चलाएको प्र.३-२-००८ प७९४७ नम्बरको मोटरसाइकल नुवाकोट बेलकोटगढी नगरपालिका-८ माझथोक स्थित गल्छी त्रिशुली सडकखण्डमा दुर्घटना हुन पुग्यो ।
उक्त दुर्घटनामा दुवैजना घाइते भए ।
घाइतेलाई तत्काल उपचारको लागि ग्राण्डी अस्पताल ल्याइयो । दुर्घटनामा घाइते भएका सुवेदीको तीन दिनपछि निधन भयो ।
सुवेदीको निधन भएपछि चालक तिमल्सिना फरार भए ।
फरार रहेका तिमल्सिनालाई प्रहरीले खोजतलासको क्रममा बुधबार बेलुका पक्राउ गरेको छ ।
बुधबार बेलुका ५:०० बजे काठमाडौं महानगरपालिका-३ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए ।
काठमाडौंबाट पक्राउ गरेर उनलाई नुवाकोट पुर्याइएको हो । उनीउपर जिल्ला अदालतबाट नुवाकोटबाट सवारी तथा यातायात व्यबस्था ऐन २०४९ अनुसार अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।