काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो।
भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्याइएको छ।
उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।
सवारी भाडा वृद्धी गर्दा पेट्रोलबाट चल्ने ट्याक्सी भाडा पनि समायोजन गरिएको छ।प्रदेश राजपत्र अनुसार ट्रयाक्सीको सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ।
प्रति २०० मिटरको भाडा १० रुपैयाँ ३४ पैसा र रातीको समयमा सोही दूरीको भाडा १५ रुपैयाँ ५२ पैसा कायम गरिएको ।
प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं-कुरिनटार (मनकामना केवलकार सम्म) को बस भाडा ३०२ रुपैयाँ कायम भएको छ। ९९ किलोमिटर दुरीको काठमाडौं-कुरिनटारको भाडा यसअघि २८७ रुपैयाँ भाडा थियो।
काठमाडौंको नयाँ बसपार्क देखि धुलिखेल- खुर्कोट- मन्थली- तामाकोशी हुँदै जिरी पुग्ने भाडा एक हजार ३८ पुगेको छ । २२० किलिमिटर दुरीको उक्त रुटको भाडा यसअगाडि ९८६ रहेको थियो ।
हेर्नुहोस नयाँ भाडादरको सूची ।