काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार उक्त बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ ।
यसैगरी, विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिष कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बू, पवन राय र विनोद पौडेल रहेका सो पार्टीले जनाएको छ ।