लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका-६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगको समिति पाँच सदस्यीय रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ । उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरीबी निवारणको क्षेत्रमा क्रियाशील छन्।
लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन्।