पाल्पा । आज बिहान जिल्लाको रामपुर नगरपालिका-५ भम्बकमा रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको निधन भएको छ ।
स्थानीय वर्ष ३४ का गोबिन्द कुमालले आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा घाँसको डाला अड्किएको र सो निकाल्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका कुमालको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।